Posts

Showing posts from September, 2015

फेसबुकमा सोचेर मात्र लाइक गर्नुहोस्

फेसबुकमा सोचेर मात्र लाइक गर्नुस सोसियल मिडियामा जति सक्दो कम जानकारी दिन अनुसन्धानकर्ताहरुले सुझाव दिएका छन् । जेठ २५ –आफ्नो साथीले फेसबुकमा राखेको फोटो, भिडियो, कुनै पेज वा अरु केही लाइक गर्नु सामान्य कुरा हो । तर क्याम्ब्रिज विश्वविद्यालयले हालै भनेको छ फेसबुकमा गरिएको लाइकबाट नै लाइक गर्ने मान्छेका बारेमा धेरै कुरा पत्ता लगाउन सकिन्छ । अगस्ट २४ तारिखमा एकै दिन सय करोड प्रयोगकर्ताले फेसबुक चलाए । अहिले फेसबुकमा विश्वभरका डेढ अरव मानिसहरु जोडिएका छन् । हामी फेसबुकमा आफ्ना  परिवार र साथीहरुसँग जोडिएका हुन्छौँ । हामीले सामान्य सोचेर गरेको लाइकले कहिले काँहि हामीलाई जटिल संकटमा पार्न सक्छ । क्याम्ब्रिज विश्वविद्यालयको साइकोमेट्रिक्स सेन्टरका अनुसार एउटा म्याजिक सौस टूलबाट फेसबुक पोस्टमा गरेको लाइकबाटै तपाइँको बारे धेरै कुरा पत्ता लगाउन सकिन्छ । तपाइँ केटा हो वा केटी, तपाइँको धर्म, राजनीतिक विचार र यस्ता अरु धेरै कुरा जुन तपाइँले अति गोप्य छ भन्ने सोच्नुभएको छ । क्याम्ब्रिज विश्वविद्यालयको साइकोमेट्रिक्स सेन्टरमा पिएचडी गर्दै गरेका एक विद्यार्थी उ यू यूले हालै यस सम्बन्धमा अनु...