फेसबुकमा सोचेर मात्र लाइक गर्नुहोस्

फेसबुकमा सोचेर मात्र लाइक गर्नुस
सोसियल मिडियामा जति सक्दो कम जानकारी दिन अनुसन्धानकर्ताहरुले सुझाव दिएका छन् ।
जेठ २५ –आफ्नो साथीले फेसबुकमा राखेको फोटो, भिडियो, कुनै पेज वा अरु केही लाइक गर्नु सामान्य कुरा हो । तर क्याम्ब्रिज विश्वविद्यालयले हालै भनेको छ फेसबुकमा गरिएको लाइकबाट नै लाइक गर्ने मान्छेका बारेमा धेरै कुरा पत्ता लगाउन सकिन्छ ।
अगस्ट २४ तारिखमा एकै दिन सय करोड प्रयोगकर्ताले फेसबुक चलाए । अहिले फेसबुकमा विश्वभरका डेढ अरव मानिसहरु जोडिएका छन् । हामी फेसबुकमा आफ्ना परिवार र साथीहरुसँग जोडिएका हुन्छौँ । हामीले सामान्य सोचेर गरेको लाइकले कहिले काँहि हामीलाई जटिल संकटमा पार्न सक्छ । क्याम्ब्रिज विश्वविद्यालयको साइकोमेट्रिक्स सेन्टरका अनुसार एउटा म्याजिक सौस टूलबाट फेसबुक पोस्टमा गरेको लाइकबाटै तपाइँको बारे धेरै कुरा पत्ता लगाउन सकिन्छ । तपाइँ केटा हो वा केटी, तपाइँको धर्म, राजनीतिक विचार र यस्ता अरु धेरै कुरा जुन तपाइँले अति गोप्य छ भन्ने सोच्नुभएको छ ।
क्याम्ब्रिज विश्वविद्यालयको साइकोमेट्रिक्स सेन्टरमा पिएचडी गर्दै गरेका एक विद्यार्थी उ यू यूले हालै यस सम्बन्धमा अनुसन्धानसमेत गरेका छन् । ती बिद्यार्थीले ८६ हजार फेसबुक प्रयागकर्तामा गरेको अनुसन्धान अनुसार फेसबुकमा गरिएको लाइकबाट सफ्टवयरमार्फत प्रयोगकर्ताको व्यक्तित्व, उसका परिवार र साथीहरुलाई थाहा भए भन्दा धेरै पत्ता लगाउन सकिन्छ । अनुसन्धानबाटै देखिएको छ एउटा सामान्य फेसबुक प्रयोगकर्ताले २ सय २७ वटा फरक पेजहरुमा सामान्यतया लाइक गरेका हुन्छन् ।
यो सबै जानकारी फेसबुकमै हुन्छ त्यति ठूलो कुरा होइन भन्ने सोच्नुहोला तर तपाइँको बारेमा कसैले जानकारी पाउन चाहन्छ र त्यो सजिलै पाउँछ भने यो त्यति सहज कुरा होइन । त्यसैले फेसबुकमा लाइक बटन थिच्नु अघि सोच्ने कि ! सोसियल मिडियामा जति सक्दो कम जानकारी दिन अनुसन्धानकर्ताहरुले सुझाव दिएका छन् ।

Comments

Popular posts from this blog

Six recommended for next Chief Justice

TOP 10 TVs IN THE WORLD

Chinese President Xi Jinping met with Indian Prime Minister Narendra Modi