प्रधानमन्त्री के पी ओली को भारत भ्रमण र उनको राष्ट्रबाद भित्रका आसंकाहरु
प्रधानमन्त्री के पी शर्मा ओलीले यहीँ चैत्र २३ देखि २५ गते सम्म ३ दिने भारत भ्रमण गरे । यस ३ दिने भारत भ्रमणले नेपाल र भारतको सम्बन्धलाई नयाँ मोड दिएको छ । भारत भ्रमणबाट आइतबार साँझ नेपाल फर्केका प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै नयाँ सम्बिधान बनेपछि आएको जनमत लिएर आफू भारत पुगेको कुरा ब्यक्त गरे । नेपाल भारत सम्बन्ध सुधार भएको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा नेपाल सँगको भारतको सम्बन्ध अझ मजबूत हुने बताए । नेपालमा नयाँ प्रधानमन्त्री बन्नासाथ भारतको भ्रमणमा जानु अनिवार्य हो कि भन्ने प्रश्न जनमानसमा उठिरहेको छ । यो पटक पनी प्रधानमन्त्रीको भारत भ्रमण र उनको राष्ट्रबादलाई लिएर धेरैले प्रश्न चिन्ह उठाएका छन् । नेपालमा हरेक पटक जो प्रधानमन्त्री बने पनि भ्रमणको पहिलो रोजाई भारत नै पर्ने गरेको देखिएको छ र प्रधानमन्त्री ओलीले पनी त्यस्तै गरे । यसले पनि नेपालका हरेक प्रधानमन्त्री र यहाँको शासन ब्यवस्थालाई अप्रत्यक्ष रुपमा भारतले ...