प्रधानमन्त्री के पी ओली को भारत भ्रमण र उनको राष्ट्रबाद भित्रका आसंकाहरु


प्रधानमन्त्री के पी शर्मा ओलीले यहीँ चैत्र २३ देखि २५ गते सम्म दिने भारत भ्रमण गरे यस दिने भारत भ्रमणले नेपाल भारतको सम्बन्धलाई नयाँ मोड दिएको

भारत भ्रमणबाट आइतबार साँझ नेपाल फर्केका प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै नयाँ सम्बिधान बनेपछि आएको जनमत लिएर आफू भारत पुगेको कुरा ब्यक्त गरे नेपाल भारत सम्बन्ध सुधार भएको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा नेपाल सँगको भारतको सम्बन्ध अझ मजबूत हुने बताए

नेपालमा नयाँ प्रधानमन्त्री बन्नासाथ भारतको भ्रमणमा जानु अनिवार्य हो कि भन्ने प्रश्न जनमानसमा उठिरहेको यो पटक पनी प्रधानमन्त्रीको भारत भ्रमण उनको राष्ट्रबादलाई लिएर धेरैले प्रश्न चिन्ह उठाएका छन्

नेपालमा हरेक पटक जो प्रधानमन्त्री बने पनि भ्रमणको पहिलो रोजाई भारत नै पर्ने गरेको देखिएको प्रधानमन्त्री ओलीले पनी त्यस्तै गरे यसले पनि नेपालका हरेक प्रधानमन्त्री यहाँको शासन ब्यवस्थालाई अप्रत्यक्ष रुपमा भारतले नै चलाउँछ कि भन्ने भाव दिलाएको
यस अघि ओली प्रधानमन्त्री हुँदा नेपाल भारत बीचको सम्बन्ध निकै बिग्रिएको अनुभूति भएको थियो उनकै समयमा भारतले नाकाबन्दी  गरी नेपाली जनतालाई निकै कस्टकर बनाइदियो त्यो समयमा ओलीले आफ्नो अडान नछोडेपछि भारतले बाध्य भएर नाकाबन्दी खोल्यो यसरी अडान नछोडेकै कारण प्रधानमन्त्री राष्ट्रबादी नेता कहलिए

यसपाली प्रधानमन्त्री भारत भ्रमण जाँदा भारत सरकार नेपालप्रति केही लचकदार बनेको देखियो यसको एउटै कारण थियो ओली नेपाली जनता बाट सबैभन्दा बढी पाएको जनमत लिएर भारत भ्रमणमा जानु

भारत नेपाल प्रति लचकदार बनेपनि ओलीले नेपालप्रति आवश्यक बिषयमा प्रश्न उठाउन सकेनन् उनी रक्सौल देखि काठमाण्डौ सम्मको रेल मार्ग बिस्तार जलमार्ग  बनाउने कुरामा मात्र अल्झिएको देखियो नेपालमा जलमार्ग कति सम्भब होला ?
उनले यस पटक रेलमार्ग जलमार्गका कुरालाई उठाए पनि अहिले ठुला समस्याको बिषय बन्दै आएका सीमा विवाद, लिपु लेक, १९५० को सन्धि कालापानी, सुस्ता लगायतका कुरालाई उनले उठाउन सकेकन् नयाँ कुरालाई बनाउँदै लैजानु छँदै तर पुराना कुरालाई सुल्झाउनु पहिलो प्राथमिकता हो

दुइ देश नै छिमेकीसँगको सम्बन्ध बलियो होस् भन्ने चाहन्छन् छिमेकी देश संग सम्बन्ध बिग्रिनु भनेको दुबै देशको लागि घाटाको बिषय हो
केही भारतीय कूटनीतिज्ञहरुले के पी शर्मा ओली बलियो नेताका रुपमा उदाएको बताएका छन् नेपालका लागि पूर्ब भारतीय राजदूत रञ्जित रायले पनी राजा महेन्द्रसँग जोड्दै उनी भन्दा पनि शक्तिशाली बनेको बनेर प्रधानमन्त्री केपी शर्मा ओली  आएको धारणा ब्यक्त गरे भारतीय बिदेश राज्यमन्त्री जनरल भिके सिंहले ओलीका प्रश्न नेपाल प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक भएको कुरा समेत बताए

ओली प्रति भारतद्वारा सकारात्मक टिपण्णी आउनु राम्रो कुरा हो तर बिभिन्न कूटनीतिज्ञका बिचारहरुलाई हेर्दा भारत द्वारा प्रधानमन्त्रिलाई जबर्जस्ती केही माथी उचालिएको हो कि जस्तो पनि देखियो

पछिल्लो समय नेपालका लागि भारत जति साँचिलो सहयोगी भन्न खोजिरहेको त्यसरी नै चिनले पनी नेपाल प्रति चासो बढाएकोछ अहिले चिनियाँ सरकारद्वारा नेपालका बिभिन्न क्षेत्रमा बिकास बिस्तारका कामहरु भैरहेका छन् केरुङ्ग नाका देखि काठमाडौं सम्मको रेलमार्ग बिस्तारमा चिन अग्रसर देखिएको यही चिनसंग नेपालको सम्बन्धका कारण भारतले आफ्नो सम्बन्धलाई मलजल गर्न खोजे जस्तो पनी एक तबरले देखिएको
बिगतका सम्झौता कार्यन्वयनलाई हेर्दा भातरले आम जनताको अपेक्षा अनुरूप नभई केही नेपाली दल आफ्ना फाइदाको लागी अलिकति लचकदार बनेजस्तो गरिदिएको भारत  अझै पनि नेपालको संबिधान परिमार्जित होस् भन्ने चाहन्छ

नेपालको छिमेकी देशसँगको सम्बन्ध चाइनाले आफ्नो सम्बन्धलाई भारतसंग तुलना गर्न मिल्छ भारतले नेपाल भारत सम्बन्धलाई चाइनासंग तुलना गर्न मिल्छ तर यसो हुँदा हुँदै पनि  चाइनासँगको नेपालको सम्बन्धलाई लिएर नयाँ दिल्लीमा निकै चासोका साथ हेरिएको भारतले नेपालद्वारा चिनसंगको सम्बन्धको नालिबेली जान्न चाहिरहेको पनि देखिन्छ
हिजो नाकाबन्दी गरेर नेपालीहरूको घाँटी अठ्याएको भारत अहिले चाहिँ सगरमाथा देखि सागरसम्मको सम्बन्ध बनाउन खोजीरहेको भारतीय कानूनमन्त्रीले दिएको अभिब्यक्ति अनुसार जबसम्म नेपालमा पशुपतिनाथ छन्,भारतमा केदारनाथ बिश्वनाथ छन् तबसम्म नेपाल भारत को सम्बन्ध रहिरहने जनाएका छन्

भारतको चाहना के हो ? पहिलो नेपाल भ्रमणमा मोदिले पानी जवानी पहाड टिक्क सक्दैन भने जस्तै पशुपतिनाथ केदारनाथ बिश्वनाथलाइ एकै ठाउँमा हेर्ने चाहना भारतको पो की ? भनेर भन्न सक्ने अवस्था रहेको

नेपाल भारत बिचको सम्बन्धलाई अहिले उचाइको रुपमा हेरिहँदा बिवादित कुराहरुलाई बिर्सिए जस्तो देखिन्छ पछि गएर यिनै बिषयहरु नै दुइ देश बिच घातक बन्न सक्छन् नपाली भूमि भारतले रातारात आफ्नो बनाइरहँदा पनि ओली मौन नै बसेको देखियो उनले यो समयको सदुपयोग गर्न सक्नु पर्थ्यो तर गरेनन् यो पनी एक संकाको बिषय हो

आशिष पौडेल

Comments

Popular posts from this blog

Six recommended for next Chief Justice

TOP 10 TVs IN THE WORLD

Chinese President Xi Jinping met with Indian Prime Minister Narendra Modi