काठमाडौंका अधिकांश ट्राफिक लाइट बन्दः सम्बन्धित निकाय मौन
३ महीना अगाडी मर्मत सम्हार गरि चालु अवस्थामा ल्याइएका सहित राजधानी काठमाडौंका विभिन्न स्थानमा रहेका ट्राफिक लाइट अहिले बन्द भएका छन् । आइजीपी सर्वेन्द्र खनाल तत्कालीन ट्राफिक महाशाखा प्रमुख भएको समयमा काठमाडौंका केही स्थानमा अत्याधुनिक ट्राफिक लाइट जडान गर्दै धेरै स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको थियो । सडक विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौं महा(नगरपालिकाको संयुक्त अगुवाइमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो । जसमध्ये महाराजगञ्ज र बानेश्वरमा अहिलेको सवारी चाँपलाई थेग्न सक्ने खालको लाइट समेत जडान गरिएको थियो । चैत्र १३ गेट सञ्चालनमा आएका ७ वटा र पहिले जडान गरिएका ९ वटा मध्ये अहिले नयाँ बानेश्वर चोक र साल्ट ट्रेडिङ कालीमाटीमा मात्र लाइट सञ्चालन मा रहेको छ भने काठमाडौंमा अत्याधिक ट्राफिक जाम हुने सिंहदरबार चोक, नारायण गोपाल चोक, कान्तिपथ, कालीमाटी, लगायतमा ट्राफिक लाइट बन्द अवस्थामा रहेका छन् । यसका साथै ३ महिना अगाडी मात्र सञ्चालनमा आएका नारायणहिटि को दक्षिण गेट, बागदरबार, सोल्टीमोड, पद्मोदय मोड, साथै पहिले नै सञ्चालनमा ल्याइएका भोटेबहाल, खिचापोखरी म...