काठमाडौंका अधिकांश ट्राफिक लाइट बन्दः सम्बन्धित निकाय मौन









३ महीना अगाडी मर्मत सम्हार गरि चालु अवस्थामा ल्याइएका सहित राजधानी काठमाडौंका विभिन्न स्थानमा रहेका ट्राफिक लाइट अहिले बन्द भएका छन् ।

आइजीपी  सर्वेन्द्र खनाल तत्कालीन ट्राफिक महाशाखा प्रमुख भएको समयमा काठमाडौंका केही स्थानमा अत्याधुनिक ट्राफिक लाइट जडान गर्दै धेरै स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको थियो ।

सडक विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौं महा(नगरपालिकाको संयुक्त अगुवाइमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो । जसमध्ये महाराजगञ्ज र बानेश्वरमा अहिलेको सवारी चाँपलाई थेग्न सक्ने खालको लाइट समेत जडान गरिएको थियो ।

चैत्र १३ गेट सञ्चालनमा आएका ७ वटा र पहिले जडान गरिएका ९ वटा मध्ये अहिले नयाँ बानेश्वर चोक र साल्ट ट्रेडिङ कालीमाटीमा मात्र लाइट सञ्चालन मा रहेको छ भने काठमाडौंमा अत्याधिक ट्राफिक जाम हुने सिंहदरबार चोक, नारायण गोपाल चोक, कान्तिपथ, कालीमाटी, लगायतमा ट्राफिक लाइट बन्द अवस्थामा रहेका छन् ।


यसका साथै ३ महिना अगाडी मात्र सञ्चालनमा आएका नारायणहिटि को दक्षिण गेट, बागदरबार, सोल्टीमोड, पद्मोदय मोड, साथै पहिले नै सञ्चालनमा ल्याइएका भोटेबहाल, खिचापोखरी मोड, त्रिचन्द्र कलेज अगाडी, शंकरदेव क्याम्पस नजिकको चोक, अल्का अस्पताल लगायतका क्षेत्रमा ट्राफिक लाइट बन्द भएका छन् ।

नयाँ ट्राफिक लाइट सञ्चालनमा आएपछि सवारी साधन प्रयोगकर्ता र बटुवालाइ राहत भएको थियो । ट्राफिक लाइट सञ्चालनमा आएपछि सवारी साधन व्यवस्थापनमा सहज समेत पुगेको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए ।

तर बिगत केहि दिन देखि ट्राफिक लाइट बन्द अवस्थामा पुगेपछी काठमाडौंमा सवारी चाप बढेको जस्तो महशुस सर्वसाधारणले गरेका छन् । बीचको समयमा केहि सहजता पाएपनि हाल आएर सर्वसाधारणले पुरानै समस्या ब्यहोर्न पुगेका छन् । बिशेषगरी अहिले नारायणगोपाल चोकमा बढी समस्या देखिएको छ ।

कार्यलय जाने तथा फर्किने समयमा चल्ने सवारी साधन सबैभन्दा बढी मारमा परेका छन् । जसमध्ये बाँसबारी तर्फबाट आउनेले बैकल्पिक बाटो समेत प्रयोग गर्न नपाउने अवस्था छ । बिहानको समयमा ट्राफिक जाम गंगालाल सम्म पुगेको पनि चालकहरुले बताएका छन् ।

ट्राफिक लाइट सौजन्य गर्ने संस्थाहरुले समेत यस बिषयमा ध्यान नदिएको देखिएको छ।

ट्राफिक महाशाखाका प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले भने, निश्चित समयसम्म मर्मतको जिम्मा लाइट सौजन्य गर्ने संस्थाको हुन्छ, उनिहरुले मर्मत नगरेका कारण यस्तो अवस्था सृजना भएको हुन सक्छ ।

यस बिषयमा ट्राफिक कार्यालयले जानकारी नपाएको जनाएको छ । यद्यपि तत्काल त्यस्ता ठाउँहरुको अनुगमन गरी ट्राफिक प्रहरी महाशाखाले नै सम्बन्धित निकायसँग समन्वय गर्दै इन्जिनियर खटाएर समस्याको समाधान गर्ने पनि मैनालीले जानकारी गराए ।

यो समाचार यहाँ nepaltara com मा पनि प्रकाशित भइसकेको छ ।
-आशिष पौडेल

Comments

Popular posts from this blog

Six recommended for next Chief Justice

TOP 10 TVs IN THE WORLD

Chinese President Xi Jinping met with Indian Prime Minister Narendra Modi