बालुवा उत्खनन् निरन्तर, निरीह सरकार (फोटो फिचर )



तारकेश्वर नगरपालिका अन्तर्गत काभ्रेस्थलीमा भइरहेको बालुवा उत्खनन तथा प्रशोधन कार्यले बस्ती तथा सिँगो गाउँ नै भताभुङ्ग बनाइदिएको
कुनै समय तरकारी खेतीबाट निकै नाम कमाउन सफल बनेको यो क्षेत्र अहिले बालुवाखानी भनेर प्रख्यात बनेको
केही समयअगाडी हरभरा देखिने ठाउँ अहिले बिस्तारै बलौटे मरुभूमि जस्तै बन्न गइरहेको देखिन्छ नगरपालिकाले समयमै ध्यान नदिदा बस्ती नै यस्तो अवस्थामा पुगेको स्थानीयले बताउँछन्
बालुवा उत्खनन्सगै अहिले बस्ती दिन प्रतिदिन पहिरोको जोखिमतर्फ गइरहेको देखिन्छ

यहाँ हालसम्म सञ्चालनमा रहेका वासिङ फिरफिरेबाट निस्कने माटो तथा पानी बगेर बनेको दलदलमा फसेर धेरै चौपाया मरिसकेका छन्
नगरपालिकाको वडा नम्बर ,, मा हालसम्म दर्जनभन्दा बढी वासिङ तथा फिरफिरे सञ्चालनमा छन् त्यसमध्ये वटाले वासिङको स्वीकृति लिएका छन् तर स्वीकृति लिएका कुनै पनि वासिङले उत्खननको भने स्वीकृति पाएका छैनन् यद्यपि ति वासिङहरुले पनि अनधिकृत रुपमा उत्खनन तथा प्रशोधन गर्दै आइरहेका छन्
बेलाबखतमा आउने अनुगमनको पनि व्यवसायीले पहिले नै संकेत पाउने अनुगमनको समयमा कतै केही पनि देखिदैन अचम्म के भने दैनिक चल्ने करीब ६० वटा ट्रिपर तथा वासिङ फिरफिरेसमेत एकै रातमा गायब हुन्छन् अनुगमन गर्न गएको टोली जब फर्किन्छ पुनः सञ्चालनमा आइहाल्छन्
  
दैनिक रुपमा यसरी चल्ने ट्रिपरले सडकको अवस्था पनि दयनिय बनाएका छन्   त्यही सडक भएर दिनहुँ सयौं विद्यार्थी तथा सर्वसाधारण ओहोरदोहोर गर्ने गर्छन्   सडक तथा घरमा क्षती मात्र नभई विद्यायलय सञ्चालनमा समेत प्रभाव पारेको तारकेश्वर नगरपालिका वडा नम्बर का वडा अध्यक्ष रवीन्द्र केसीले बताए ट्रिपर मेसिन बाट निस्कने ध्वनि प्रदूषणले बालबालिकाको पठन-पाठनमा समेत प्रत्यक्ष असर पुर्याइरहेको
 सरकारको मान्यता अनुसार भूकम्पले क्षति पुगेकाहरुले आफ्नो घडेरी बनाउन पाउने व्यवस्थालाई गलत तरीकाबाट प्रयोग गर्दै घडेरी बनाइसकेपछि आएको बालुवा वासिङ तथा फिरफिरेलाई बेच्ने बहाना नै प्रकृति दोहनको सुरु भएको केसीले बताए
तारकेश्वर वडा नम्बर मा हाल वटा बालुवा प्रशोधन केन्द्र दर्तामा रहेका छन् अन्य आधा दर्जन जति फिरफिरे सञ्चालनमा छन् व्यक्तिगत जग्गाको माटो तथा बालुवा प्रयोग गरर पनि प्रकृतिलाई नै मर्का पर्ने तबरबाट बालुवा निकाल्दा डाँडाकाँडा नै भासिने स्थितिमा पुगेका छन्


यसरी अवैधनिक रुपमा सञ्चालन भइरहेका बालुवा उत्खनन गर्ने वासिङ तथा फिरफिरेलाई  वडा कार्यालयले पटक-पटक पत्राचार तथा छलफलमा बोलाउँदा उनीहरु आफ्नो करोडौको लगानी डूब्ने भन्दै ठाडै अटेरि व्यवहारसमेत देखाउँछन्
सीधा तबरले छलफलमा राखेर कुरा गर्दा पनि समाधान नभेटिएपछि वटै वडा कार्यलयले जिल्ला समन्वयन समिति, प्रहरी प्रशासन, सीडियो कार्यालयमा पत्राचार नगरेका पनि होइन तर निकायहरु बारम्बार अनुगमनमा आउँदा पनि उनीहरु कारबाहीमा भने पर्न सकेका छैनन्
कारबाही प्रक्रिया अगाडि बढाउनका लागि नीति नबनिसकेको हुनाले आफुहरु त्यसको प्रतीक्षा आर्थिक वर्षपछाडि च्यालेन्ज नै गर्न परे पनि आफु कुनै कुरामा पछाडि नहट्ने प्रतिबध्दता स्थानियसामु गरिसकेको पनि केसीले बताए उनले भनेअब आर्थिक वर्ष सुरु भएपछि नीतिनियम पनि आउला, यदि आएन भने बल नै प्रयोग गरेर भए पनि यहाँको समस्या समाधान मैले गराउने छुु

वातावरणीय प्रभाव मूल्याङ्कन बिपरीत

वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रणालीको व्यवस्था पर्यावरणीय सुरक्षामा ध्यान दिँदै सामाजिक-आर्थिक विकास परियोजनाहरू अनुरूप काम गर्नु पर्दछ वातावरण प्रभावविपरीत गरिने कार्यले त्यसको असर प्रत्यक्ष रुपमा आम सर्बसाधारण साथै वातावरणमा पर्ने गर्दछ यसरी  काम गर्दा वायु प्रदुषण,ध्वनि प्रदुषण हुनुका साथै वनजंगल नजिकै गरिने उत्खननका कार्यले डाँडाकाँडाको हरियाली हराउनुका साथै भूक्षय जाने, बाढि पहिरो आउने साथै वन बिनास हुने गर्दछ यसले प्रत्यक्षरुपमा जनमानसमा प्रभाव पार्नुका साथै बस्ति नै जोखिममा पर्ने गर्दछ
वातावरण प्रभाव मूल्याङ्कनले वातावरण जोगाउनका लागि गरेक नागरिक साथै राज्य संयन्त्र लगायतले योगदान पुर्याउनु नै पर्ने मानिन्छ तर यहाँ निजीक्षेत्रबाट कानूनविपरीत माटो तथा बालुवा उत्खनन भइरहँदासमेत राज्य निरीह देखिन्छ

बासिन्दा भन्छन्: आर्थिक चलखेल  
सरकारी निकायको अनुगमन बेला बखतमा हुने गरेको तर आजसम्म कोही कारबाहिमा परेको थाहा पाएका छैनौं सरकारी निकायसंग मिलेमतोमै यहाँ माटो तथा बालुवा उत्खननन्को काम भैरहेको गरेका छौं भन्नको लागि मात्र अनुगमन गरेजस्तो गर्छन् अघिल्लो दिनसम्म चलाइरखेका वासिङ,फिरफिरे तथा ट्रिपरहरु उनीहरु आउने बेला सबै बन्द हुन्छन्,केहि पनि देखिदैन, आर्थिक चलखेलका कारण खुलेआम प्रकृति बिनास भइरहेको पनि स्थानीय बताउँछन्


यो समाचार नेपाल तारा मा पनि प्रकाशित छ । 



Comments

Popular posts from this blog

Six recommended for next Chief Justice

TOP 10 TVs IN THE WORLD

Chinese President Xi Jinping met with Indian Prime Minister Narendra Modi