असनसब्सब्सगककवसकब्सबन

भनिन्छ 'काठमाडौं कुनै शहर होइन, यो त एउटा बढाइएको गाउँ हो' । राजधानी भनेर घोषणा गरिएको काठमाडौमा सुबिधा तथा रोजगारी खोज्दै देशका विभिन्न क्षेत्रबाट मानिसहरु आउन थाले समय संगै मानिसहरु राजधानी भित्रिने क्रम बढ्दै गयो । नयाँ घरहरु बन्दै गए यो सँगै बस्तीहरुको बृद्धि हुँदै एउटा ठुलो गाउँका रुपमा परिणत हुन पुग्यो ।

चारैतीरबाट डाँडाले छेकिएको काठमाडौं डाँडामाथिको एउटा उपकत्यका हो । यहींबाट नै धेरै राजनितिक व्यापारिको जन्मभयो र देश विकासको व्यापार पनि यहींबाट नै सुरुभयो ।फलस्वरूप राजनीतिको व्यापारको बढ्दै गयो बिडम्बना काठमाडौंको गहिराइ अझ तलतीर धकेलिन थाल्यो ।

धेरैले यहीं माटोमा सुन फलाए, मानव विकास भयो  र त्यो सँगै सब्यताको विकास भएन । विकासको नामको व्यापारले सफलता पायो तर देशले विकास पाएन । त्यसैको चपेटा काठमाडौ पर्न गयो ।

काठमाडौं को नाम आजभोलि फेरिन पुगेको छ । राजधानी मानिएको काठमाडौं अहिले ढलमाडौँ मा परिणत हुन पुगेको छ। बढ्दो शहरीकरण सँगै सम्बन्धित निकायहरुले समयमा काम गर्न नसक्दा अहिले ढल व्यवस्थापनमा समस्या देखीएको छ ।

ढल व्यवस्थापन नहुँदा काठमाडौंका अधिकांस सडक समेत प्रभावित बन्दै आइरहेका छन् । जसका कारण काठमाडौं उपत्यका लगायतको वातावरणमा पत्यक्ष असर परिरहेको छ ।
२४ सै घण्टा उपत्यकामा बहने हावामा धुलोको कणहरु मिसिएकाले मानिसहरुलाई गम्भीर असर पुर्याएको विज्ञहरु बताउँछन्

विशेष गरी मानिसहरुको मृत्यु पछि गरिने अन्तिम संस्कार समेत ढलको पानी प्रयोग गरेर गर्नु पर्ने वाध्यता छ ।

ढलनिकासीलाई तीव्ररुपमा अगाडी बढाउँदै बागमती नदिलाइ अधिकार सम्पन्न बनाउने भन्दै २०५२ सालमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति को स्थापना भयो यति मात्र नभइ महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड लगायत दर्जनौं संघसंस्थाहरु ढल निकास तथा वागमती सरसफाइ अभियानमा आवध्द रहेर काम गर्दै आइरहेका छन् ।

तर यी सम्पूर्ण निकायहरु बिच समान्यवन काम नहुँदा र आफूखुसि मनपरि कामहरु गर्दै आउनाले पनि योजनामा प्रभावित पर्न गएको देखिएको छ ।

वागमती नदी सरसफाइको बिशेष जिम्मेबारी पाएको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका उप-आयोजना प्रमुख योगेन्द्र चित्रकार संग गरिएको छोटो कुराकारीको अंश ----

अधिकार सम्पन्न बागमती बनाउनका लागि कहिले देखि काम सुरु गरिएको हो र कहिले सम्ममा सम्पन्न गर्ने लक्ष्य लीइएको छ ? यसको सिमा कति छ ?

२०५१ सालमा नै वागमतीको अवस्था बिग्रिएको थियो ।  यो देखेर अहिले रास्ट्रपति रहनु भएकी विध्यादेवी भण्डारीको अगुवाइमा एउटा समिति गठन भएको थियो।  पशुपति क्षेत्र वातावरणीय सुधार तथा ढल निकास अनुगमन समिति भनेर २०५१ सालमा नै संस्था स्थापना भयो।  यसको मुख्य उध्देश्य भनेको पशुपति क्षेत्र सम्मको वागमतीलाई सफा बनाउने, ढल मुक्त गर्ने भन्ने थियो ।

पशुपतिमा आउने भक्तजनहरुले सहज रुपमा जल सेचन गर्न सकुन् भन्ने उधदेश्यले यो कामको सुरु गरिएको हो । काम सुरु भएपछी गोकर्ण देखि पशुपति सम्मको दाँया किनारामा ढलको पाइप हाल्ने काम पनि सम्पन्न भएको हो । यसका साथै बस्तीहरुको सहायक ढल समेत त्यस संगै मिसाइएर ल्याइएको हो । त्यसरी मुख्य ढलमा जोडीएर आएको ढललाई कार्यालयको प्राङ्गणमा रहेको ढल प्रशोधन केन्द्रबाट सुध्द बनाइ नदिमा पानि हालिएको हो । 

यसरि वागमतीलाई ढल मुक्त बनाइएको थियो।  तर अहिले व्यापक रुपमा बढिरहेको जन्संख्या बृध्दिका कारण उक्त ढल प्रशोधन केन्द्रको क्षमाताभन्दा बढी ढल आएका कारण ढललाई पशुपति सम्मको वागमतीमा नमिसिने गरि तिलगंगा पुल नजिकै लगेर खसालिएको छ ।  यो अहिले सञ्चालनको अवस्थामा पनि रहेको छ। 

२०६५ सालमा आएर नेपाल सरकारले वागमतीमा मिसिने अन्य सात वटा सहायक नदीको ढल व्यवस्थापनको जिम्मा पनि यसैलाई दिएकाले सोहि अनुसार काम भइरहेको छ । हाल काठमाडौं उपत्यकाको धोबी खोला, वागमती, र विष्णुमतिमा काम भइरहेको छ। जसअन्तर्गत हालसम्म धोबी खोला र विष्णुमतिमा ६ - ६ किलोमिटर काम भएको छ । वागमती नदीको हकमा सहायक ढल समेत गरेर करिब ५० किलोमिटर ढल हालेर सकिएको छ भने १४ किलोमिटर बराबरको सडक निर्माण समेत भएको छ । यो ढल निकासको हालको लक्ष्य भनेको सुन्दरीघाट  सम्मको रहेको छ ।

सात वटै नदिको ढल निकासीको गर्दासम्म जम्मा कति किलोमिटर काम हुने छ ? अहिले सम्मको अवस्थालाई हेर्दा कति प्रतिशत काम भयो भनेर बुझ्न सकिन्छ ?

काठमाडौं उपत्याकाको मात्र कुरा गर्ने हो भने जम्मा २०० किलोमिटर जति ढल हुन आउछ ।  यो भनेको मुख्य ढल हो।  यसलाई इन्टरसेक्टर भनिन्छ। इन्टरसेक्टर भनेको जुन वस्तीबाट आएको ढल खोलामा पस्न नदिइकन नै बिचैमा रोक्ने काम भन्ने बुझिन्छ । यसरि नदीबाट व्यवस्थित गरिएको ढल धोबिघाट  स्थित काठमाडौं उपत्यका खानेपानी कम्पनी लिमिटेडको ढल प्रशोधन केन्द्र बनाउने योजना रहेको करिब १०० रोपनी जग्गा छ त्यहाँ सम्म यसलाई पुर्याइने छ।  त्यहाँ अहिले PAD ले ढल प्रशोधन केन्द्र निर्माण गर्ने अवस्थामा छ ।  PAD ले अहिले काठमाडौं उपत्यका भरिको ढल व्यवस्थापन र प्रशोधन केन्द्र स्थापनाको लागि जिम्मा लिएको छ।

मुख्य जिम्मेबारी पाएको यस समितिले ढल निकासको कामलाई प्रभावकारीताका साथ काम गर्न सकेन तिलगंगामा ल्याएर अड्काइयो भनिन्छ नि यसलाई कसरि खण्डन गर्नुहुन्छ ?

यो भनेको गलत बुझाइ भयो । अहिलेको अवस्थामा गोकर्ण देखि सुन्दरीघाटसम्म सञ्चालनको अवस्थामा आइसकेको छ।  यसरि ढल निर्माणका क्रममा प्राबिधिक कठिनाइ रहेको स्थानमा काम हुँदै गरेकाले ढल भने नदीमा मिसिन गएको हो ।  तर सबै ठाउँमा त्यसरी नदीमै ढल खसालिएको भने छैन र पहिलेको अवस्थालाई हेर्ने हो भने अहिले निकै सुधार आएको छ। 

उहाहरुले भने जस्तै अहिले मनोहरा दोवानबाट  चाँही यसमा समस्या आएको हो। यसलाई स्वीकार गर्न सकिन्छ।  यसका लागि मनिहरा खोलाको ढल निकासको काम PAD  मार्फत भैरहेको छ।  त्यो काम नसकिएकाले वागमतीमा ढलचाहि देखिएको हो । यसका साथै काठमाडौं उपत्यकाको विभिन्न ठाउबाट बर्षा याममा पानिको मात्रा बढेर ओभर फ्लो हुने र ढल जोड्ने काम पनि कुनै-कुनै क्षेत्रमा बाँकी रहेकाले पनि यो समस्या देखिएको हो।  त्यसकारण उहाँहरुको भनाइलाई हामीले स्वीकार्नु पर्छ ।

तर, ढल निकासको काम सकियो भनेको ठाउँमा पुन ढल मिसिएको पाइएको छ।  यसको कारण के हो  ? के ढल निकास सम्बन्धि काम गर्ने निकायहरु एक-अर्का बीच समन्वय नभएकै हो त ?

यो ढल निकास एउटा जटिल कुरा हो ।  यसलाई कुनै एक निकायले मात्र जिम्मा लिएको भए यस्तो अवस्था कम हुने थियो । हाल ढल निकासमा कामगर्ने निकाय करीब ७-८ वटाको संख्यामा रहेका छन् ।  जसमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महानगरपालिका, नगरपालिका, उपत्यका बिकाश प्राधिकरण, सडक, उपभोक्ता समिति, लगायत हाउजिङ अपार्टमेन्टहरु पनि यससंग सम्बन्धित छन् ।

यी सम्बन्धित निकायहरुबिच हाल समन्वयन चाहिं नभएको देखिन्छा । यसरि काम गर्ने निकायले जथाभाबि पाइप जोडिदिने अवस्था छ । यसले गर्दा उक्त समस्या देखिएको हो । जस्तै उहाँहरुले २ फिटको पाइको ढल १ फिटको ढल आइरहेको ठाउमा लगेर जोड्नुहुन्छ । यसले गर्दा ढल फुट्ने समस्या देखिएको हो । अझपनि एक-अर्काबिच समन्वयन नहुने हो भने अरु जटिल अवस्था समेत उत्पन्न हुनसक्छ।  तर समन्वयमा काम हुने हो भने काठमाडौं उपत्यकालाई ढल मुक्त बनाउन सकिन्छ।

यसरि काम गर्ने ७-८ वटा निकाय छन् भन्नुहुन्छ जसमध्ये कस-कसले को संग समन्वय गर्नुपर्ने हो ?

ढल भनेको पानि संग सम्बन्धित बिषय हो ।  उपत्यकाको खानेपानीको मुख्य जिम्मेवार भनेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड हो । उसले खाने पानि संगै ढल वापतको शुल्क समेत उठाउदै आएकोले काठमाडौ उपत्यका खानेपानी लिमिटेडले नै यसको नेतृत्व गरेर काठमाडौ उपत्यका भरिको ढल व्यवस्थापनलाई सफलतामा पुर्याउने जिम्मा लिनुपर्छ ।  तर कुन कारणले हो उसले पाएको जिम्मेवारी सहि तवरले पुरा नगरेको देखिन्छ।

यसका लागि कति बजेट अनुमान गरिएको छ ? बजेट के कसरी छुट्याएको छ ?

बि.सं. २०६५ सालमा वागमती कार्ययोजना  भनेर क्याबिनेटबाट पारित भएको छ, हामि त्यसै अन्तर्गत रहेर काम गर्दै आइरहेका छौं ।  त्यस्तै वागमती नदिसंग सम्बन्धित कुराहरु, वातावरण, ढल, खानेपानी, लगायतका विभिन्न २० वटा निकायबाट एकमुस्ट वागमती सुधार ल्याउनका लागि एक्सन प्लानबाट १५ अरब छुट्याइएको छ । यहि बजेट भित्र रहेर अहिले काम भइरहेकोछ।  २०५१ साल देखि हालसम्म आउदा ५ अरब रुपैया बराबर खर्च भइसकेको छ । यो भनेको भौतिक पूर्वाधार , जग्गा अतिक्रमण, ढल प्रशोधन केन्द्र मर्मत संहार र संचालन साथै यस समितिमा काम गर्ने करारका कर्मचारिहरुको पारिश्रमिक सहित हो ।

यसरि विभिन्न निकायबाट  काम हुदै आएको बर्षौँ भएको छ । यो काम कहिले सकिन्छ ? जनताले सफा नदीनाला र सफा शहर कहिले देख्न पाउछन ?

निकै महत्वपूर्ण प्रश्न गर्नुभयो । वागमती एउटा मात्र खोला होइन । यसमा सहायक नदि सात वटा छन् भने त्यसमा पनि अन्य ६०/६५ खोल्साहरु मिसिन आउँछन । यसलाई हेर्दा काठमाडौ उपत्यकामा बढिरहेको शहरीकरण र त्यहाँबाट उत्पन्न हुने ढललाई व्यवस्थित गर्न सकिएन भने वागमतीलाइ जति प्राथमिकता दिएर काम गरेपनि सफलता पाउन सकिदैन जसका लागि जिम्मेबार निकाय भनेको स्थानीय सरकार हो ।  सरकारले लागू गरेको भवन निर्माण आचार संहिता अनुसार सेफ्टी टंकी अनिवार्य गराउन सके र यसरि काठमाडौंवासीले खोलामा जथाभावी ढल मिसाउने प्रबृतिमा कडाइका साथ भएपनि निरुत्साहित गराउन सके मात्र जनताले सफा नदीनाला र सफा शहर महसुस गर्न पाउछन् । यसकालागि जनतामा सभ्यताको बिकास हुनुपनि जरुरी छ ।

Comments

Popular posts from this blog

Six recommended for next Chief Justice

TOP 10 TVs IN THE WORLD

Chinese President Xi Jinping met with Indian Prime Minister Narendra Modi