आकाशबाट नै पर्यो हिलो पानी, यस्तो छ विज्ञहरुको सुझाव
काठमाडौंः बिशेषगरी सहरी क्षेत्रहरुमा आकाश बाट परेको पहिलो पानी प्रदूषित रहेको मानिन्छ तर केहि दिन अगाडि देखि भने आकाशबाट पर्ने पानी नै हिलो परेको छ ।
बुधबार बेलुका बसुन्धराका स्थानीय बासिन्दा शिशिर भट्टराईले गाडी धोएर पार्किङ गरे । गाडी धोएको करीब १५ मिनेट पछिबाट नै निरन्तर पानी पर्यो बिहीबार बिहान सम्म पानी परीरह्यो जब ऊनि कार्यालय जाने समयमा गाडी नजिक पुगे गाडी हिलो देखियो । त्यसपछि गाडी सफा गरे र कार्यालय गए ।
त्यस्तै बनस्थलीका अर्का बासिन्दा अकील घिमिरे को पनि त्यस्तै भयो सफा गरेर राखेको स्कूटर बिहान उठ्दा हिलै हिलो ऊनि पनि अचम्म मान्दै कार्यालय गए ।
यी त उपत्यका भित्रका उदहारण मात्र हुन उपत्यका लगायत देशका विभिन्न ठाउँमा हिलो पनि बर्षा भएको छ । देशको काठमाडौं, धुलिखेल, हेटौडा, चितवन, दाङ लगायतका ठाउँमा यस्तो बर्षा भएको देखिएको हो ।
जल तथा मौसम पूर्वअनुमान महासाखा काठमाडौंमा भारतको राजश्थान मरुभूमिवाट उडेर आएको धुलोको प्रभावले गर्दा दाङमा हिलोसहितको बर्षा भएको जनाइएको छ ।
नेपालको मध्य तथा पश्चिम क्षेत्र बिशेषगरि भारतसँग सीमाना जोडिएको भू–भागमा यस्तो बर्षा भएको पाइएको छ ।
राजश्थानमा बिहीवार व्यापक रुपमा उडेको धुलो र स्थानीय धुलो समेत हावाहुरीको माध्यमवाट बायुमण्डलमा पुगेको र त्यही पानीमा मिसिएर बर्षा भएको हो ।
बिहीबार पछि हुने बर्षाका कारण वायुमण्डल सफा रहने र सफा पानी पर्ने जनाएको भए पनि आज पुन हिलो पानी परेको छ ।
यस्तो पानीमा विभिन्न किसिमका नकारात्मक प्रभाव पार्ने तत्वहरु मिसिएको हुनसक्ने भएकाले आकाश बाट बर्षा भएको पानी तथा खुल्ला स्थानबाट प्रयोग गरिने पानी, कुवा, इनार पोखरीहरुको पानी प्रयोग गर्न नहुने साथै सकेसम्म नछुन पनि विज्ञहरुले आग्रह गरेका छन् ।
बयस्क मानिसहरुलाई भन्दा बालबालिकाहरुलाई यसले छिटो असर गर्ने गर्दछ,यस्तोपानीमा खेल्न र छुन हुदैन। यस्तो पानीको प्रयोग गरेमा बिशेष गरि झाडापखाला, हैजा, छालाका रोगहरु लाग्ने सम्भावना रहने उनीहरुले जनाएका छन् । जसबाट बच्नका लागि शरीर पुरा ढाकिने किसिमका कपडाको प्रयोग गर्न समेत अनुरोध छ।
बयस्क मानिसहरुलाई भन्दा बालबालिकाहरुलाई यसले छिटो असर गर्ने गर्दछ,यस्तोपानीमा खेल्न र छुन हुदैन। यस्तो पानीको प्रयोग गरेमा बिशेष गरि झाडापखाला, हैजा, छालाका रोगहरु लाग्ने सम्भावना रहने उनीहरुले जनाएका छन् । जसबाट बच्नका लागि शरीर पुरा ढाकिने किसिमका कपडाको प्रयोग गर्न समेत अनुरोध छ।
सम्बन्धित समाचार : Click ----- NEPALTARA
-आशिष पौडेल

Comments
Post a Comment