सरकार द्वारा सञ्चारमाध्यम माथि अंकुस, निरंकुसताको पूर्ण अभ्यास
भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी नेपालको दुइ दिने भ्रमणका लागि जनकपुर हुँदै काठमाण्डौ आएर आज स्वदेश फिर्ता भएकाछन् । शुक्रकबार जनकपुर आएका मोदीले जनकपुरको जानकी मन्दिरमा पूजाआर्चाना गरेका थिए । मोदिलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो ।
नेपाल भ्रमणको सुरुवातीका क्रमबाट नै जनकपुरमा केहि नेपाली सञ्चार माध्यममाथि सरकारद्वारा हस्तक्षेप भएको थियो । जहाँ पहिलो प्राथमिकतामा भारतीय सञ्चार माध्यम देखिन्थे तर नेपाली सञ्चार माध्यमका पत्रकारलाइ सहजै प्रबेश गर्न दीइएको थिएन भने केहिलाइ प्रबेशमै समेत रोक लगाइयो ।
मोदी जनकपुरको भ्रमण पश्चात काठमाण्डौमा आए र संयुक्त रुपमा पत्रकार सम्मेलन पनि भयो । सामान्यतया पत्रकार सम्मेलन पश्चात प्रत्रकारहरुले प्रश्न राख्न पाउनुपर्छ तर शुक्रबार त्यस्तो देखिएन । सर्बप्रथम नेपालका प्रधानमन्त्रि केपी शर्मा ओलिले बोले भने त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले बोले । त्यस लगतै सीधै संयुक्त रुपमा अरुण तेस्रोको शिलान्यास गर्न लगियो ।
यहाँ पनि सरकारले प्रेसमाथि आफ्ना कुरा जबरजस्ती लाद्न खोजीएको जस्तो देखियो । सामान्यतया पत्रकार सम्मेलन पछि पत्रकारहरुले आफुलाइ उत्सुकता रहेका बिषय तथा भाषणमा नउठाइएका कुराहरुलाई सोध्न पाउनु पर्छ ।
कुनै पनि शीर्ष राजनितिक ब्यक्तिहरुले बोलेका कुराहरुमा आफ्ना तथा सरकारका नकारात्मक पक्षहरुलाई लुकाईएको पाइन्छ । यस्तो अवस्थामा पत्रकारहरुले सूचना सङ्कलन गर्दा राम्रा कुराहरुलाइ मात्र उठान गरियोस् र ओहि अनुरप नै प्रशारण प्रकासन होस् भन्ने उध्देश्य रहन्छ हिजो पनि त्यहीँ देखियो ।
भारतीय प्रधानमन्त्रीले आज मुक्तिनाथमा पुजाआर्चना गरीरहंदा केहि भारतीय सञ्चार माध्यमले प्रत्यक्षप्रसारण नै गरेका थिए जबकि मुक्तिनाथमा नेपाली दर्शनाबलम्बीहरुलाई राम्ररी दर्शन समेत गर्न दीइदैन भने क्यामेरा पूर्ण रुपमा निषेध समेत गरिएको छ सोहि ठाउँमा भारतीय सञ्चार माध्यमले खुलेआम प्रत्यक्षप्रसारण गर्दा नेपाल सरकार तथा सुरक्षा निकायसमेत मौन नै बसिदिए ।
त्यस्तै काठमाण्डौ महानगरपालिकाले राष्ट्रीय सभागृहमा गरेको नागरिक अभिनन्दनका क्रममा नेपाली फोटो पत्रकारहरुलाई प्रबेशमा रोक लगाइएयो । जहाँ भारतीय पत्रकारहरुलाइ भने सहजै प्रबेश गराइएको थियो । त्यस समयमा नेपाली फोटो प्रत्रकारहरुले क्यामेरा बन्दगरी भुइँमै राखेर बिरोध समेत जनाए तर यस बिषयमा कुनै पनि सरकारी निकायले केहि बोलेको छैनन ।
आफ्नै देश भित्रका सञ्चारमाध्यमले सूचना सङ्कलन गर्न नपाउनु, बिदेशी सञ्चार माध्यमहरुले सहजै प्रबेश पाउने स्थानमा नेपाली सञ्चारमाध्यम तथा नेपाली पत्रकारहरुलाई रोक लगाइनुलाइ निरन्कुस्ताको एक पूर्ब अभ्यासका रुपमा पनि लीनसकिन्छ ।
यसरी प्रेस स्वतन्त्रता माथि सरकारको हस्तक्षेप हुनु भनेको नेपाली सञ्चारजगतको दुखको कुरा हो । नेपाली सञ्चारमाध्यम माथिको दमनका आमनागरिकमा स्वीकार्य हुन सक्दैन ।
Comments
Post a Comment