देशको आवश्यकता र जनताका चाहानाको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिने

२००६ सालपछि स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी २०१९ सालपछि बिच(बिचमा टूटफूट हुँदै धेरै दलहरुले जन्म लीन पुगे । त्यसमध्ये ठुला दलका रुपमा रहिरहेका २ दल नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले बिहीबार साढे सात महिनादेखिको एकता प्रयासलार्इ सफल बनाउँदै एकै ठाउँमा जोडीएर आफुलार्इ शक्तिशाली पार्टी घोषणा गरेका छन् ।

पार्टी घोषणा गर्दै २ दलको एकताले राष्ट्रलार्इ सधैंका लागि माथि उठाउने बताएका छन् । देशमा राजनितिक स्थिरता, बिकाश र समृध्दिको यात्रामा नयाँ अध्याय सुरुभएको पनि उनीहरुले बताएका छन् । राजनितिक स्थायित्व,शान्ति र समृद्धी साथै दियो बिकासको


लक्ष्यलार्इ पूर्णता दिँदै लामो समय देखि यतावत् रुपमा रहँदै आइरहेका जनताका आवश्यकता र चाहानालार्इ उचित सम्बोधनका माध्यमबाट पूरा गरिने पनि घोषणा सँगै बताएका छन् । नेपाली जनतालाई सधैका लागि सुखी बनाइराख्नका लागि हिजोको पार्टी एकीकरणबाट बलियो आधार सिर्जनाहुने पनि घोषणा गरेका छन् ।
राजधानीको सभागृहमा भएको एकता घोषणाका क्रममा बोल्दै, नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी हिन्दमहासागर भएको बताएका छन् । यसक्रममा बोल्दै ओलीले भने कोशी,सेती र कर्णालीमा मिसिएर बग्ने सहायक नदीको पानी छुट्याउन सकिदैन भने हिन्दमहासागर मा त्यस्ता नदीको पानी कहाँ होला भनेर सोच्न समेत नसकिने बताएका छन् । यधपी उनीहरुले अन्य साना दलहरुलाइ समेत आफुहरु सँग मिसिएर अगाडी बढ्न आग्रह गरेका छन् ।

उनले भने , आफुहरु एक-अर्कामा मिसिएर रहेको मात्र नभई अन्तरघुलित भइसकेका छौं । आफूहरू बिच कसैले कसलाई भेदभाब नगरिने बताउँदै योग्यता र क्षमताका साथ जिम्मेबारी हेरफेर गरिने र अब नेपाल कम्यूनिस्ट पार्टीकालागि दुइ तिहाई सामान्य जोडघटाउको कुरा बताउँदै आफूहरुको बर्चस्व सधा(सधाका लागि कायम रहने कुरा पनि ब्यक्त गरे ।

यसै क्रममा बोल्दै अर्का सहअध्यक्ष पुष्पकमल दाहालले इतिहासमा धेरै कम्युनिस्ट पार्टीले आन्दोलनका क्रममा ठुला-ठुला त्याग र बलिदान गर्दै आएका र सत्तामा पुगेपछि भ्रस्ट र स्खलित भएको उदाहरण देखाउँदै अब यो पार्टी एकतासँगै मुलुकलाई स्थिरता, समृद्धि र सुशानको जिम्मेबारी आफूहरुले लिएको बताए ।



यो समाचार यो लिंक 👉 समाचार मा पनि पढ्न सक्नुहुने छ

-आशिष पौडेल

Comments

Popular posts from this blog

Six recommended for next Chief Justice

TOP 10 TVs IN THE WORLD

Chinese President Xi Jinping met with Indian Prime Minister Narendra Modi