नेपालका म्याराडोना अस्ताए

नेपालका पूर्ब फुटबल खेलाडी मणि बिक्रम शाहको सोमबार बेलुका नर्भिक अस्पतालमा निधन भएको छ । पित्तथैली र कलेजोको कारण लामो समयदेखि पीडित शाहलार्इ एकाएक ज्वरोले सताएपछि आइतबार अस्पताल लागिएको थियो । उनको ५१ बर्षको उमेरमा निधन भएको हो ।

२०२४ सालमा काठमाण्डौंंको कालधारामा जन्मिएका उनी १३ बर्षको उमेरदेखि खेल जीवनमा प्रबेश गरेका थिए । एथ्लेन्टिक, फुटबल र ज्याभलिङ थ्रोका खेलाडी उनका बुबा लक्ष्मण बिक्रम शाहले छोरालार्इ खेल क्षेत्रमा देख्ने चाहाना अनुसार नै फुटबल क्षेत्रमा प्रबेश गरेका थिए । बुबाले आफुलाइ टुँडिखेलमा लगेर फुटबल खेलाएको आफ्नो सम्झनामा आइरहने कुरा उनले बताइरहन्थे ।

बुबासँगै फुटबल खेल्दै आएका उनी १३ बर्षको उमेरमा प्रिन्स क्लबमा परेपछि उनले पहिलो पटक टीममा रहेर खेल खेल्न सुरु गरे । उनी पहिलो पटक नै बैंककमा भएको एउटा अन्तराष्ट्रीय फुटबल खेलमा सर्बाधिक ८ गोल गरेका थिए । १३ बर्षको उमेरमा एउटै खेलमा गरेको यो ८ गोल हालसम्म कै धेरै गोल हो ।

सन् १९८६ मा अर्जेन्टीनालाइ जित दिलाउन चर्चित फुटबल खेलाडी म्याराडोनाको ठुलो योगदान थियो । त्यस समयमा शाह पनि आफ्नो खेल जीवनमा चर्चित थिए । उनको घुम्रिपरेको कपाल, हाउभाउ र १० नम्बर जर्सीका कारण शाह म्याराडोना जस्तै देखिन्थे । त्यसकारण उनलाई दर्शकहरुले म्याराडोनाको नामबाट बोलाउन थालेका थिए । म्याराडोना बिनाको खेल जसरी फीका देखिन्थ्यो त्यसैगरि नै मणि शाह बिनाको खेल बिना मैदान नै फीका भएको अनुभब समेत दर्शकहरुले गर्ने गर्दथे ।

सन् १९९३ मा बङ्गलादेशको ढाका भएको छैटौं दक्षिण एसियाली खेलकूद प्रतियोगितामा नेपाललाइ स्वर्णपदक सहितको जित दिलाए सँगै उनको चर्चा एकाएक चुलीन पुगेको हो । उनले भारत बिरुध्द जित दिलाएका थिए । भारतले नेपाल बिरुध्द बनाएको २र१ को अन्तरलाइ ३० सेकेण्ड बाँकी रहँदा शाहले बराबरी बनाए । यो सँगै ट्राइब्रेकरमा महत्वपूर्ण गोल गर्दै नेपाललाई जित दिलाए त्यसपछि नेपालका लागि मणि शाह नाम जीवन्त रहनपुग्यो ।

उनले खेल खेल्ने समयमा खेलाडीहरुले पाउने पारिश्रमिक एकदम नै न्यून थियो । खेलाडीहरुले आफ्नो खुट्टामा लगाउने जुत्ता किन्न समेत नसक्ने अवस्था थियो त्यसकारण धेरै खेलाडीहरुले खेललार्इ निरन्तरता दिन सकेनन् । उनको तलब अन्य खेलाडीको भन्दा थोरै मात्र बढी थियो त्यो समयमा उनले सबैभन्दा बढी ७०० रुपैंया तलब पाएका थिए तर यो रकम उनका लागि पर्याप्त थिएन । बुबा पनि चर्चित खेलाडी र उहाँको चाहाना साथै परिवारको आर्थिक स्थिति केहि राम्रो भएका कारण उनलाई पारिवारिक साथ राम्रो मिल्न पुग्यो र उनले आफुलाइ यस क्षेत्रमा निरन्तरता दिएका थिए ।

आफ्नो खेल जीवनको पहिलो खेल बैंककबाट खेलेका शाहले १८ बर्षको उमेरमा राष्ट्रीय खेलको सुरुवात गरे उनले राष्ट्रीय टिमका लागि ६ खेल खेलेका छन् मनाङ मर्स्याङदी क्लब मा धेरै समय रहेर खेल खेलेका उनले राष्ट्रीय टिमका लागि अन्तिम पटक दक्षिण एसियाली खेल १९९८ मा बैंकक मा नै खेलेका थिए ।

उनलाई धेरै खेल खेलाएका तथा उनको ब्यक्तिगत जीवनलाई धेरै नजिकबाट नियाल्दै आएका नेपालका लागि पूर्ब फीफा रेफ्रि मथुराराम श्रेष्ठले भने, मणि बिक्रम शाह नेपालका लागि तप स्कोरर हो, बाँया खुट्टाले प्रहार गरेको बल कहिले पनि मिस जादैनथ्यो, एकदम नै जेहेन्दार र बेग्लै खूबी भएको ब्यक्ति हो ।

उनले भने, ‘उनि एकदम सोझो तथा इमान्दार थिए’ सधै देशका लागि खल्नु पर्छ भन्ने उनलाई खेलप्रति हौसला प्रदान गर्नु भन्दा पनि बिभिन्न ब्यक्तिहरुले कुलतमै फसाउँदै बिभिन्न बाध्यता बनाइयो र फुटबल जगतबाट छिट्टै सन्यास लिने बनाइयो यो एकदम दुःखको कुरा हो ।
शाहलाइ जून समयमा अझ बढी हौसला र सहयोग खाँचो थियो त्यहीँ समयमा नै उनलाई गलतबाटोमा डोर्याइयो । यसले नेपालको फुटबल खेललाइ नै धेरै तल धकेलिदियो । एन्फाका उप-सभापति पनि भइसकेका शाहले बाँकी समय खेल जीवनमा बिताउँदै नेपाली फुटबललाइ माथि पुर्याउन चाहन्थे तर उनको चाहना उनले सोचे अनुरूप पूरा भने हुन सकेन ।

यद्यपि नेपाल र नेपालीका लागि मणिबिक्रम शाह नाम सधाकालागि अमर बनेको छ । नेपाली फुटबल इतिहाँसमा उनको योगदान सदैब अतुलनीय रहिरहने छ ।
मणि बिक्रम शाहको आज पशुपति आर्यघाटमा विशेष सम्मानका साथ दाहसंस्कार गरिएको छ । उनको शव श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिएको थियो।

यो समाचार यो लिंक 👉 समाचार मा पनि पढ्न सक्नुहुने छ

-आशिष पौडेल

Comments

Popular posts from this blog

Six recommended for next Chief Justice

TOP 10 TVs IN THE WORLD

Chinese President Xi Jinping met with Indian Prime Minister Narendra Modi