पर्यटक बसपार्क नहुँदा पर्यटक र व्यवसायीलाई समस्या



काठमाडौं: दैनिक सयौंको संख्यामा नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा आवत जावत गर्ने पर्यटकहरुका लागि निश्चित बसपार्क नहुँदा पर्यटक तथा व्यवसायीलाई बस सेवा सञ्चालनमा समस्या पर्ने गरेको
बिशेषगरी काठमाडौं उपत्यकाबाट पोखरा चितवनका गरी दैनिक ४० वटाको हाराहारीमा पर्यटक बोक्ने बसहरु छूट्ने गर्दछन्, भने ती शहरबाट पनि उत्तिकै संख्यामा बसहरु भित्रिने गर्दछन् ती बसहरुबाट बाहिर जाने तथा यहाँ भित्रिने पर्यटकका लागि बस रोकिने निश्चित ठाउँ भनेर तोकिएको छैन बिहान जमलबाट जसोतसो जान पाए पनि फर्किने बेला पर्यटकहरु बढी बिचल्लीमा पर्ने गरेको पाइएको

नेपालसरकारले हरेक बर्षको संख्यामा वृध्दि गर्दै लाखौं पर्यटक भित्राउने लक्ष्य लिएपनी दैनिक पर्यटकसंग सम्बन्धित रहने यी सामान्य कुरामा पनि आजसम्म ध्यान जान सकेको देखिएको छैन भने पर्यटकलाइ व्यवस्थित रूपमा सुविधा दिन नसक्दा नकारात्मक शन्देशहरु बाहिर जाने गरेको

कुनै पनि बसपार्क बन्नका लागि सामान्यतया यात्रु पर्तिक्षालय,शौचालय,पर्याप्त रूपमा पानी लगायतका कुराहरु अनिवार्यरूपमा हुनुपर्दछ। तर यहाँ पर्यटकका लागि भनेर निश्चित रूपमा बस रोक्ने ठाउँसम्म पनि नहुनु दुःखको कुरा हो

काठमाडौंका लागि टीबान ( टूरिस्ट बस एसोसिएसन अफ नेपाल ) को संलग्नतामा नेपाल सरकार तथा ट्राफिक प्रहरीसंग समन्वयन गरेर बिहान बजे देखि बजे सम्मका लागि जमलको मुख्य सडकलाइ नै बसपार्कका रूपमा प्रयोग गर्दै आइएको

पर्यटकहरुलाई समय तालिका अनुसार व्यवस्थितरूपमा बस सञ्चालन हुन सकेका छैनन् पर्यटकलाई निश्चित समय ( बिहान बजे देखि बजे सम्म मात्र ) दिइएको यदि यो समयमा पर्यटक नआइपुगेको अवस्थामा पनि बस हिडिसक्नु पर्ने हुन्छ, बजे भन्दा पछिको समयमा अन्य सार्वजनिक सवारीसाधनको चाप बढ्ने हुनाले ट्राफिक व्यवस्थापनमा समस्या हुने भन्दै व्यवसायीलाई घण्टाको प्रयोजनको लागि जमलको सडक दिइएको बस छुटाउने ठाउँ पाएपनि यस छोटो समयका कारण पर्यटकलाई अझ बढि सास्ति तथा खर्च पनि डबल हुने गरेको पर्यटन बस व्यवसायी भीष्म न्यौपानेले बताए

न्यौपानेका अनुसार, हाल केहि समयका लागि चितवनमा होटल एसोसिएसन अफ नेपालको सौराहास्थित खाली जग्गा पर्यटन व्यवसायीहरुले भाडामा लिएर चलाएका छन् भने पोखराका लागि पनि भाडाको जग्गा नै प्रयोग हुँदै आएको तर यो पनि केहि आवधिका लागि मात्रयदि त्यहाँ केहि बन्ने भैहाल्यो भने तत्काल जग्गा खाली गर्नुपर्ने हुन्छ त्यस्तै काठमाडौंका लागि पनि बसपार्क नहुँदा बस सेवालाइ प्रभावकारी बनाउन सकिएको छैन

सर्वप्रथम काठमाडौं त्यसपछि अन्य शहरकालागि पर्यटक बसपार्क बनाउन टूरिस्ट एसोसिएसन अफ नेपालले सरकारसँग पहल गरेको तत्कालका लागि नारायणहिटि दरवार संग्रालय गेट भित्रको जग्गा उपलब्ध गराउन समेत सरकारसँग माग गरेको जनाएको

व्यवसायीहरुले काठमाडौंबाट चितवन पोखराका लागि दैनिक ८० ( ४० जाने, ४० आउने ) वटा चितवन-पोखरा-चितवनका लागि गरी जम्मा ८२ वटा बस सञ्चालन गर्दै आइरहेकाछन्
पर्यटक बसका नाममा अन्य विभिन्न यातायातहरुले अनैतिक कार्य तथा कारोबार गर्दै आइरहेको त्यसको नकारात्मक असर यस क्षेत्रलाई परेको जानकारी गराउँदै अब लागुहुने इम्बोस्ड नम्बर प्लेटमा पर्यटक बसको छुट्टै पहिचान हुने व्यवस्थागरी यस्ता क्रियाकलाप गर्ने व्यक्ति तथा व्यवसायिको पहिचान गरी कारबाही गर्न समेत पर्यटक बस व्यवसायीको माग

बसपार्क नभएको फाइदा उठाउँदै अन्य जुनसुकै बसहरुले पनि पर्यटक बस भन्दै सञ्चालन गर्ने पर्यटकलाइ सेवामा नकारात्मक प्रभाव पर्न गएको साथै पर्यटकलाई आवश्यक सुबिधा दिँदै पर्यटक बस सेवालाइलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नका लागि पनि सरकारले समयमै पर्यटन बसपार्क निर्माण गर्नु पर्ने टिबानले जनाएको

Comments

Popular posts from this blog

Six recommended for next Chief Justice

TOP 10 TVs IN THE WORLD

Chinese President Xi Jinping met with Indian Prime Minister Narendra Modi