निर्वाचनअघि संविधान संसोधन सम्भव छैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनअघि संविधान संसोधन सम्भव नभएको बताएका छन्।
मधेशी राजनीतिक दलका नेताहरुले संसदमा संविधान संशोधनमा सहमतिअनुसार काम नभएको भन्दै आलोचना गरेपछि देउवाले निर्वाचनअघि संशोधन हुन नसक्ने बताएका हुन् तर संविधानको स्वीकार्यता बनाउन संसोधन आवश्यक भएको भन्दै विपक्षीदलको पनि यसमा साथ चाहिने उनले बताए।
प्रधानमन्त्री देउवाले संविधानमा विपक्षीको व्यवस्था  भएपनि कतिपय विषयमा दलहरु एकठाउँमा आउनुपर्ने बताए।
'सबैको सरकार भए पनि नभए पनि सरकार र सम्पूर्ण नेपालीलाई व्यापक सहमति आवश्यक छ। हाम्रो देशमा हिमाल छ पहाड छ मधेश छ। भौगोलिक विविधता छ। त्यस्तै हाम्रो देशमा धेरै जनजाति छन्। सबैको देश हो। कतिपय कारणले पछाडि परेको अवस्था पनि छ। यी सबै कुरा गर्नका लागि संविधान बनाएका छौँ। हामी सबै पार्टीको संविधान मिलेर संविधान कार्यान्वयन गर्न जरुरी छ। मधेशी भावना अनुसार संविधान संशोधन आवश्यक छ।'
प्रधानमन्त्री देउवाले मधेश केन्द्रित दलहरुसँग संविधान संशोधन पास गराएरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे।
म विश्वास दिलाउन चाहन्छु तपाईँहरु निर्वाचनमा आउनुहोस्। हामी पास गराएरै छाड्छौँ। तर, अहिले हुने स्थिति रहेन,’ उनले भने।
पहिलो चरणको स्थानीय निर्वाचनअघि राजविराजमा भएको घटनाबारे आफूले अहिलेसम्म केही बुझ्न नसकेको पनि उनले बताए।



TWITTER  : Ashish__Paudel
FACEBOOK : a77pdl

Comments

Popular posts from this blog

Six recommended for next Chief Justice

TOP 10 TVs IN THE WORLD

Chinese President Xi Jinping met with Indian Prime Minister Narendra Modi