बिमान को अाकस्मिक् अवतरण
सिड्नी : चाइना इस्टर्न विमान सेवाको यात्रुबाहक विमानमा खराबी देखिएपछि सिड्नी विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।
विमानको इन्जिङगमा ठूलो प्वाल देखा परेपछि ठूलो आवाज आएको यात्रुले जनाएका छन् भने चालक दलका सदस्यलेपनी विमानको इन्जिनमा ठूलो प्वाल फेला पारेका थिए ।
यात्राुको जानकारी लगत्तै उक्त विमान अस्टेलियाको सिड्नीमा आकस्मिक अवतरण गरेको हो ।
सिड्नीबाट चीनको साङ्घाईका लागि आइतबार ८ः३० बजे उडेको सो विमान उड््नासाथै विमानको इन्जिनमा खराबी देखिएको हो ।
आकस्मिक अवतरणका क्रममा पनि डराएका यात्रुहहरु निकै ठूलो आवाजले कराएका बताइएको छ । उक्त विमानमा सवार रहेका कुनै पनि यात्रु घाइते नभएको जनाइएको छ ।
Comments
Post a Comment