यमनको तुलनामा नेपालको खेल राम्रो
नेपालले पहिलो हाफमा यमनभन्दा तुलनात्मक रुपमा राम्रो खेल खेलेको छ। भारतविरुद्धको मैत्रीपूर्ण खेलभन्दा धेरै नै सक्रिय देखिएका छन्, नेपाली खेलाडीहरु। तर, अझै दबाब पुगेको छैन्।
दोस्रो हाफमा हाम्रो खेलाडीले प्रहारको छनोट, प्लेसिङ र काउन्टर अट्याकमा थप सपोर्ट गर्नु पर्ने आवश्यकता छ। विङको सदूपयोग पनि राम्रो भएको छैन्। यो एरियाबाट गोल निस्किने सम्भावना देखिएको छ। हाम्रो खेलाडीले अझै एकजुट भएर खेल्नु पर्ने आवश्यकता छ।
नेपालको तुलनामा यमनका खेलाडी त्यति चलेको देखिदैनन्। सायद नेपालको हावापानीले गर्दा पनि होला! फेरि उनीहरुले ४–५ नियमित खेलाडी टिममा छैनन् भनिरहेका छन्। उनीहरु छोटो पास खेल्न खोजिरहेका छन्। तर, सफल देखिएका छैनन्। हामीले २००० मा उनीहरूसँग खेल्दा झै खेलाडीहरुको मुभमेन्ट त्यति फास्ट देखिएका छ्रैनन्।
पहिलो हाफमा उनीहरूलाई लयमा खेल्न नदिएर नेपाली डिफेन्सले राम्रो गरेका छन्। यसको निरन्तरता आवश्यक छ।
Comments
Post a Comment